झापा, २२ भदौ २०८३ । झापाली समाज अस्ट्रेलियाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ११ लाख बढी सहयोग गरेको छ ।
नेपालका विपद् प्रभावितहरुको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अमेरिकी डलर ८,०८९.६७ अर्थात अस्ट्रेलियन डलर ११,४६१.७१ हस्तान्तरण गरेको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले जानकारी दिएका छन् । जुन प्रति अमेरिकी डलर रु.१४० को अनुमानित दरअनुसार करिब ११ लाख ३२ हजार ५५४ नेपाली रुपैयाँ हुन्छ।






