काठमाडौं, २२ भदौ २०८३ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् । सोमबार (भदौ २२) अन्दाजी १२ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१०, खड्खडे स्थित महाकाली नदीको किनारमा टिकटक भिडियो बनाउने क्रममा सोही स्थान बस्ने १५ वर्षीया श्रृष्टि सुनार बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
सुनार बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुर र प्रहरी चौकी बाबाथान कञ्चनपुरबाट प्रहरी टोली खटिएको जानकारी दिइएको छ ।
अहिले खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।






