Online Bichar
सोमबार, भाद्र २२, २०८३ | Monday, September 7, 2026

काठमाडौं, २२ भदौ २०८३ । प्रहरीले भोटेकोसीको बाढीका बारेमा सामाजिक सञ्जालमा भ्रामक भिडियो पोष्ट गर्ने तथा पीडित परिवारबारे अभद्र पोष्ट तथा कमेन्टगर्नेमाथि निगरानी बढाएको छ ।

प्रहरीको साइबर ब्यूरोले यसका लागि छुट्टै अनुसन्धान टोली नै गठन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि बाढीसित जोडिएका विषयमा भ्रम सृजना हुने खालका गतिविधि तथा कमेन्टहरु विभिन्न सामाजिक सञ्जालमार्फत पोष्ट हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो ।

यसका लागि ब्युरोले डीएसपी गजेन्द्र आचार्य नेतृत्वको टोलीसमेत बनाएको छ । टोलीमा हाल १० जना रहेको र आवश्यकताअनुसार थप गर्ने ब्युरोले जनाएको छ ।

पछिल्लो समय वेपत्ता परिवारहरुले आफन्तका खोजीका लागि आक्रोश पोख्दा सामाजिक सञ्जालमार्फत उल्टै थप पीडा हुने कमेन्ट तथा भिडियो पोस्ट गर्न थालिए पछि प्रहरीले निगरानी बढाएको हो ।

 

तपाईको प्रतिक्रिया