Online Bichar
सोमबार, भाद्र २२, २०८३ | Monday, September 7, 2026

काठमाडौं, २२ भदौ २०८३ । सेयर बजार परिसूचक ९नेप्से० सोमबार दोहोरो अंकले बढेको छ । यो दिन सूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा उक्लिएको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार, दोहोरो अंकले बढेको बजारमा लगानीकर्ताले तीन अर्ब ८३ करोडको सेयर कारोबार गरेका छन् ।

यो दिन लगानीकर्ताले कुल ३५२ कम्पनीको सेयर कारोबार गर्दा १९५ वटाको मूल्य बढेको छ भने ७९ वटाको मूल्य घटेको हो । यस्तै, चार कम्पनीको सेयर मूल्यमा भने आज कुनै परिवर्तन देखिएन ।

बढ्नेमा भने आज पियोर इनिर्जी अगाडि छ । यो कम्पनीको मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

यता, घट्नेमा भने इमर्जिङ नेपाल लिमिटेड र सिन्धु विकास बैंक अगाडि छन् । यी दुवैको मूल्यमा १५ प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको हो । योबाहेक जानकी फाइनान्सको पनि १४.९९ प्रतिशतले मूल्य घटेको छ ।

यस्तै, सोमबार लगानीकर्ताले सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको कारोबार गरेका छन् । यो कम्पनीको २५ करोडको कारोबार भएको हो ।

तपाईको प्रतिक्रिया