Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, १९ भदौ २०८३ । भोटेकोसी बाढीका कारण केरुङमा रोकिएका नेपाली चीनको सहयोगमा सिन्धुपाल्चोकको बाटो भएर स्वदेश फर्किंदै छन् । व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण उतै रोकिएका थिए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले केरुङमा झन्डै १७ सयको संख्यामा नेपाली रहेको सूचना प्राप्त भएको बताए । उनीहरूको स्वदेश फिर्ती सुरु भइसकेको जानकारी दिए ।

“केरुङमा करिब १७ सय नेपाली रहेको भन्ने जानकारी चीनको ‘काउन्टर पार्ट’ मार्फत हामीलाई जानकारीमा आएको छ,” प्रमुख जिल्ला अधिकारी परियारले बाह्रखरीलाई जानकारी दिँदै भने, “उनीहरूलाई सिन्धुपाल्चोकको छोटो बाटो भएर नेपाल फर्काउन सहयोग गर्ने भनेर जानकारी आएको छ ।”

प्रमुख जिल्ला अधिकारी परियारले कति नेपाली फर्के भनेर एकीन तथ्यांक नआए पनि क्रमशः फर्किंदै गरेको अवस्था रहेको बताए । उनीहरूलाई चिनियाँ पक्षले नेपाल फर्काउन लागेको हो ।

तपाईको प्रतिक्रिया