काठमाडौं, १८ भदौ २०८३ । सरकारले २०८३ साल भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह मन्त्रालयको सिफारिसमा जेनजी सहिद दिवसका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।






