काठमाडौं, १८ भदौ २०८३ । सरकारले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा घटनाको १३औँ पुण्य तिथिका दिन भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय भएको जानकारी दिए।
राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत भएको उनले बताए।






