काठमाडौं, १० भदौ २०८३ । तिब्बती क्षेत्रमा आज बिहान भूकम्प गएको थियो । लेन्दे आसपास केन्द्रविन्दु भएर बिहान ८ बजेर ३७ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । “भूकम्प गएको क्षेत्र नेपाल भने होइन । तिब्बती क्षेत्रमा भूकम्प गएको हो,” केन्द्र भनेको छ ।
भूकम्प गएको केही समयपछि हिमपहिरो गएको हुनसक्ने विपदविद् वसन्तराज अधिकारीले बताउँछन् ।






