पोखरा, ५ भदौ २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पारिवारिक भ्रमणका सिलसिलामा शुक्रबार अपराह्न पोखरा पुगेका छन् । उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नेछन् ।
प्रधानमन्त्री शाह अस्ताम आइपुगेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
“प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो, उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, बरालले भने, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।”
प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताए । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौंदेखि सडकमार्ग हुँदै पोखरा आएका हुन् । उनी शनिबार मुस्ताङ जाने कार्यक्रम छ । रासस






