काठमाडौं, २० साउन २०८३ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा सामान्य बढेको छ । अन्तिम समयमा बजार सम्हालिँदा ४.७९ अंक बढेको हो ।
यससँगै बजार मापक २६६७.९७ विन्दुमा उक्लिएको छ । १२० कम्पनीको सेयर मूल्य बढेको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
चार अर्ब ४० करोड ९५ लाख ९४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ६६ हजार कित्ता सेयर ६१ हजार २५७ पटकमा किनबेच भएको छ ।
सोलु हाइड्रोको सेयर मूल्यमा सर्किट लागेको छ । शिखर पावर, रिडी पावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, सिनर्जी पावर लगायतका कम्पनीको सेयर लगानीकर्ता उच्च कमाएका छन् ।
एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य ९ प्रतिशत घटेको छ । समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह बढेका छन् । बाँकी समूह भने घटेका छन् ।






