काठमाडौं, ११ साउन २०८३ । डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै उनले अनशन तोडेका हुन् ।
डा. केसी बिहीबार (साउन ७) देखि कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार (साउन ९) देखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो ।
स्वास्थ्य क्षेत्र सुधार तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग राख्दै डा. केसीले अनशन बसेका थिए ।
सहमतिपछि डा. केसीले बाजुराको गौमुल गाउँपालिका–२ निवासी ४२ वर्षीय चक्रबहादुर धामीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।






