Online Bichar
आइतबार, साउन १०, २०८३ | Sunday, July 26, 2026

झापा, १० साउन २०८३ । विश्व मानव तस्करी विरोधी दिवसका अवसरमा नेपाल– भारत सीमा पानीट्यांकीमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । मानव तस्करीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले उपमहानिरीक्षक क्षेत्रीय मुख्यालय रानीडंगाको निर्देशनमा ४१ औँ वाहिनी सशस्त्र सीमा बल, रानीडंगा र सेवा केन्द्र सिलिगुडीको संयुक्त तत्वावधानमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । र्‍यालीलाई ४१ औँ वाहिनी रानीडंगाका उप–कमाण्डेन्ट धीरज पवारले शुभारम्भ गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाई , सशस्त्र प्रहरीका डीएसपी विकास थापा, सेवा केन्द्र सिलिगुडीका निर्देशक फादर नरेश बेक , एड्भोकेसी अधिकृत तेजकुमार थापा , भारत–नेपाल मिडिया समन्वयक प्रशान्त आचार्य , बीएसएफ एएचटीयू, राधाबारीका निरीक्षक दिलीप कुमारलगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया