काठमाडौं, ७ साउन २०८३ । सिरहामा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको हो ।
सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर ५ भारतीय र १ नेपालीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
१ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।






