Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

प्युठान, ३१ असार २०८३ । प्युठानको नौबहिनी गाउँपालिका–५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाने क्रममा बाटोमै मृत्यु भएको प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए।

घटनामा रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारष बुढा घाइते भएका छन्। उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पार्किङ गरी राखेको ट्याक्टरमा बालकहरू खेल्ने क्रममा ट्याक्टर अचानक ब्याक भएर दुर्घटना भएको बताइएको छ ।

घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ का २१ वर्षीय विकास परियार सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया