Online Bichar
बुधबार, आषाढ ३१, २०८३ | Wednesday, July 15, 2026

काठमाडौं, ३० असार २०८३ । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४,२ केजीको ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । मूल्य भने दुई हजार ६० रुपैयाँ रहेको छ ।

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । त्यसलाई अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हो ।

‘इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङको अवस्थामा सुधार तथा आमउपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले मिति २०८३/०३/३१ गतेबाट मुलुकभर नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको व्यहोरा अनुरोध छ,’ निगमले भनेको छ ।

निगमका अनुसार, हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको छ । आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तासँग अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया