Online Bichar
बुधबार, आषाढ ३१, २०८३ | Wednesday, July 15, 2026

काठमाडौं, ३० असार २०८३ । साताको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा अडिएको छ।

यसदिन ३८३ वटा स्क्रिप्सको १ करोड ८२ लाख ९३ हजार ५२६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख २८ हजार ४३२ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन नेप्से परिसूचक ३०।६० अंकले घटेर २५७०।१८ विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब ४६ करोड मूल्य बराबरको कारोबार भएको थियो। यसदिन ऋणपत्रहरूको कारोबार रकम वृद्धि भएको छ।

१३ समूहको उपसूचकमध्ये यसदिन १२ उपसमूहको परिसूचक बढेका छन्। व्यापार समूहको उपसूचक सर्वाधिक १.४७ प्रतिशतले वृद्धि भएको छ।

सेयर बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरू आज ललितपुरस्थित धितोपत्र बोर्डको कार्यालय घेराउन गर्न पुगेका थिए।

तपाईको प्रतिक्रिया