झापा, २६ असार २०८३ । झापाको दमकमा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका-२ हिमालय माध्यमिक विद्यालय छेउमा भारत लखनउ बस्ने अन्दाजी बर्ष ३५ का साहिल कान्त र सोही ठाउँ बस्ने मोहम्मद सोनु भन्ने सहवाज हुसेनबिच विवाद भएको थियो । विवादका क्रममा छुरा प्रहार हुँदा साहिल कान्तको घाँटीमा गम्भीर चोट लागेको थियो ।
घटनाबारे प्रहरीले आज बिहान ५:३० बजे खबर पाएको थियो । इलाका प्रहरी कार्यालय दमकवाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि दमक अस्पताल पठाएको थियो । उपचारको क्रमममा बिहान ६स३० बजे घाइतेको मृत्यु भएको हो । चक्कु प्रहार गर्नेको खोजतलास भइरहेको जनाइएको छ ।
उनीहरु भारतबाट आएर दमकस्थित एनएमसी डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए । बिहान ५ बजेतिर ठूलो आवाज आएपछि हेर्न जाँदा घरधनीले साहिल कान्तलाई रगताम्य फेला पारेका थिए। मादक पदार्थ सेवन गरी उनीहरुले विवाद गरेको जनाइएको छ ।






