Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

काठमाडौँ, २५ असार २०८३ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पोलिट्ब्युरो सदस्य डि.बी. कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नेकपाका केन्द्रीय सदस्यहरु राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दिपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) एमाले प्रवेश गर्नुभएको छ ।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेको काँधमा देश बनाउने अभिभारा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मान्छेहरु एमाले सिद्धियो, भन्छन् नि, यो सिधिन जन्मिएको पार्टी नै होइन । यसको काँधमा अभिभारा छ । यो त अगाडि बढ्न, सफल हुन, देश बनाउन जन्मिएको पार्टी हो ।” उहाँले पार्टी प्रवेश गर्नुभएका नेताहरुलाई स्वागत गर्दै बधाई ज्ञापन गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया