Online Bichar
बुधबार, आषाढ २४, २०८३ | Wednesday, July 8, 2026

झापा, २३ असार २०८३ । भारतको नक्सलबारीमा साढे ३ केजी ब्राउन सुगरसहित दुई लागूऔषध तस्कर पक्राउ परेका छन् । पश्चिम बंगाल प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) को लागूपदार्थ तस्करीविरुद्धको कारबाहीका क्रममा ती दुई लागूऔषध तस्कर पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा मिजानुल शेख र नसीम शेख रहेका छन् । दुवै माल्दा जिल्लाको बैष्णवनगर क्षेत्रका बासिन्दा भएको बताइएको छ ।

स्रोतहरूका अनुसार, दुवैजना अबेर राति माल्दाबाट नक्सलबारी लागूऔषध डेलिभरी गर्न आएका थिए। गोप्य सूचनाको आधारमा एसटीएफले नक्सलबारीको रथखोला मोडमा छापा मारेर दुवैलाई पक्राउ गरेको हो । खानतलासीको क्रममा अभियुक्तसँग रहेको एउटा किनमेल झोलाबाट करिब साढे ३ केजी ब्राउन सुगर फेला परेको थियो । लागूऔषध बरामदपछि एसटीएफले दुवै अभियुक्तलाई थप कानुनी प्रक्रियाका लागि नक्सलबारी थानामा बुझाएको छ ।

एसटीएफ स्रोतका अनुसार दुवैजना लामो समयदेखि अवैध लागूऔषधको धन्दामा संलग्न रहेका थिए । उनीहरु प्रहरीबाट जोगिदै आएका थिए । भारतीय प्रहरीले पुरै नेटवर्क र त्यस तस्करीसंग जोडिएका अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया