काठमाडौं, २२ असार २०८३ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन् ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो ।
उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ ।






