Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

झापा, २० असार २०८३ । झापाको कन्काई नदीमा बग्दै गरेका एक बालकको उद्धार गरिएको छ । आज दिउँसो २ बजे कनकाई नगरपालिका वडा नं. २ भुरुङ्गास्थित कनकाई नदीमा बग्दै गरेका तत्काल वतन नखुलेका बर्ष अन्दाजी ९ का सुनिल लिम्बू नामथर बताउने बालकको उद्धार गरिएको हो । खोलामा बग्दै आइरहेको अवस्थामा स्थानीयवासीले देखेर बालकलाई उद्धार गरी किनारामा ल्याएका थिए ।

इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनसाथ प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा टोली खटिएर ती बालकलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएको छ । उनको अबस्था गम्भीर रहेको छ । बालकको आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया