Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

धनगढी, १८ असार २०८३ । हेलमेटबिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाई बुलेट बाइक चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्रीको निवासमै पुगेर चिट काटेको छ । मुख्यमन्त्रीलाई थमाइएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलोपटक ५०० रुपैयाँ जरिवाना गरिनेछ । दोस्रोपटक एक हजार र त्यसपछि एक हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक र पृथ्वी शाहले फेसबुकमार्फत उक्त भिडियो सार्वजनिक गरेका थिए । केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यसँगै विभिन्न टीकाटिप्पणी गरिएको थियो ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया