Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

बुटवल, १६ असार २०८३ । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित लुम्बिनी साझेदारी वन क्षेत्रमा सडेगलेको अवस्थामा पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार असार १० गते वनभित्र करिब ४५ देखि ५० वर्ष उमेरका देखिने एक पुरुषको शव फेला परेको हो । मृतकले उलनको चेक सर्ट, खैरो टिसर्ट, नीलो ट्रयाक पाइन्ट तथा ‘नर्थफेस’ लेखिएको जुत्ता लगाएको पाइएको छ ।

शवनजिकै एउटा झोला समेत फेला परेको प्रहरीले जनाएको छ । झोलाभित्र रहेका सामानका आधारमा मृतकको पहिचान खुल्ने आशामा प्रहरीले ती सामग्रीका तस्बिर सार्वजनिक गरेको छ ।

मृतकको पहिचान हालसम्म खुल्न नसकेको भन्दै प्रहरीले ती सामान चिन्न सक्ने वा मृतकबारे कुनै जानकारी हुने व्यक्तिलाई तत्काल इलाका प्रहरी कार्यालय सालझण्डीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया