झापा, १५ असार २०८३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले २ सयजना सिटी सफारी चालकलाई “सुरक्षित चालक” अंकित फ्लोरोसेन्ट ज्याकेट वितरण गरेको छ । हिजो मेचीनगरमा आयोजित एक कार्यक्रमका बीच सवारी चालक अनुमति प्राप्त तीन पांग्रे सिटी सफारी चालकहरुलाई दोस्रो चरणमा “सुरक्षित चालक” अंकित फ्लोरोसेन्ट ज्याकेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राईले बताए ।
त्यस कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट काँकड्भिट्टा र मेची नेत्रालय काँकडभिट्टाको संयुक्त सहकार्य रहेको थियो । सिटी सफारी चालकहरुलाई चालक अनुमति प्राप्त गर्न प्रेरित गर्नुका साथै ट्राफिक व्यवस्थापनको प्रयास र यात्रुहरुलाई सहज तथा सुरक्षित गर्ने उद्धेश्यले जनचेतनासहित ज्याकेट बितरण गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिएका छन् ।






