Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

बाजुरा, १३ असार २०८३ । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा शनिबार (असार १३) रुखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

खप्तड छेडेदह–३, पुडाबाउलाका आइते रावतकी नौ वर्षीया छोरी प्रिन्साको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।

घरनजिकैको बारीमा रहेको तिमिलाको रुखमा घाँस काट्ने क्रममा त्यहाँबाट खसेर उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा प्रिन्साको मृत्यु भएको उनले बताए ।

रुखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई बयालपाटा अस्पतालमा उपचारका निम्ति लगिएको थियो ।रासस

तपाईको प्रतिक्रिया