Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, ११ असार २०८३ । नेप्से परिसूचक साढे ८ अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा झरेको हो। अघिल्लो दिन बुधबार परिसूचक १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा अडिएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३३८ वटा स्क्रिप्सको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यसदिन ८३ वटा स्टक्सको मूल्य बढ्दा १७२ वटाको घट्यो। १९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ११.०३ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सोपान फर्मास्क्युटिकल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले १२ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। मनु एण्ड प्रो समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

 

तपाईको प्रतिक्रिया