झापा, ६ असार २०८३ । बिस्कुट किन्न आएकी ११ वर्षकी बालिकालाई यौन दुर्व्यबहार गर्ने झापा कचनकवल –६ बनियानीका एक पसले पक्राउ परेका छन् ।
आज बिहान ७ः३० बजे कचनकवकल –६ बनियानी बजारमा पसल संचालन गर्दै आएका अन्दाजी ६५ वर्षीय मालबाबु साहको पसलमा स्थानीय ११ वर्षीया बालिका बिस्कुट किन्न आएकी थिइन् । साहले ती बालिकालाई पसलभित्र लगेर हातपात गर्नुका साथै यौन दुर्व्यवहार गरेका थिए ।
बालिकाले रुँदै आफ्ना आमा बुवालाई घटनाबारे सुनाएपछि दुबै जना अभिभावकहरुले पसल संचालक मालबाबु साहका छोराको मोबाइलबाट उक्त पसलमा राखेको सीसी क्यामराले खिचेको फुटेज हेर्दा बदनियत तरिकाले यौन दुर्ब्यबहार गरेको पुष्टि भएको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय बनियानीलाई जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय बनियानीले मालबाबु साहलाई पक्राउ गरी आबश्यक कानुनी कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।






