Online Bichar
आइतबार, आषाढ ०७, २०८३ | Sunday, June 21, 2026

काठमाडौं, ६ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ताको शुल्क सार्वजनिक गरेको छ । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ ।

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

कार्यतालिका अनुसार, आगामी मंगलबार बिहान साढे ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम तय भएको छ ।

निर्वाचनमा भाग लिने उम्म्मेदवारहरूका लागि रास्वपाले शुल्क तोकेको छ ।

जस अनुसार, सभापति पदमा उम्मेदवारी दिनका लागि ५१ हजार शुल्क तोकेको छ । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, पदाधिकारीका लागि ४१ हजार शुल्क तोकिएको छ । पदाधिकारीमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिनका लागि रास्वपाले २१ हजार शुल्क तोकेको छ । त्यस्तै, १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया