Online Bichar
शुक्रबार, आषाढ ०५, २०८३ | Friday, June 19, 2026

झापा, ४ असार २०८३ । झापाको मेचीनगर नगरपालिका–१५ स्थित वंशलमा साँढे गोरुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बुधवार साँझ करिब ५ बजे आफ्नै घरबाहिर बसिरहेका ५३ वर्षीय प्रेम पहानलाई साँढे गोरुले अचानक आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाएको छ। साँझ ६ः१० बजे शव अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया