Online Bichar
बुधबार, आषाढ ०३, २०८३ | Wednesday, June 17, 2026

काठमाडौं, २ जेठ २०८३ । १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन् ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायत प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भन्दै सडक विभागले यस अवधिमा सडक खन्न रोक लगाएको हो ।

भदौ मसान्तसम्म कुनै पनि सडक डिभिजन कार्यालयले सडक खन्ने अनुमति नदिने विभागले सूचित गरेको हो । विनाअनुमति सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कडा कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।

स्वयं विभागले भने असारमा आफ्नो कामलाई तीव्रता दिने गर्छ । जुन असारे विकासका रूपमा बदनाम छ ।

तपाईको प्रतिक्रिया