Online Bichar
सोमबार, जेठ २५, २०८३ | Monday, June 8, 2026

काठमाडौं, २४ जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अन्तर्गतका ९ जिल्लामा सभापति चयन गरेको छ । जसमा कतै पनि महिलाले नेतृत्व प्राप्त गर्न सकेनन् ।

जिल्ला अधिवेशनबाट नेतृत्व चयन भएको हो । जस अन्तर्गत रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सुनसरीमा सागर दाहाल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगा जिल्ला सभापतिमा कृष्णबहादुर थापा निर्वाचित भएका हुन् ।

बाँकी कोशी प्रदेश अन्तर्गतका जिल्लाहरू धनकुटा, उदयपुर, सोलुखुम्बु खोटाङ र ईलाममा आज जिल्ला अधिवेशन हुँदैछ ।

 

 

 

तपाईको प्रतिक्रिया