Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

झापा, २२ जेठ २०८३ । झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि बोराभित्र मृत अवस्थामा फेला परेकी युवतीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार (आज) पत्रकार सम्मेलन गर्दै गत जेठ १६ गते रतुवा खोलाको पुलमुनि बोराभित्र शव फेला परेकी युवती दमक नगरपालिका–८ बसन्त टोल निवासी अन्दाजी २१ वर्षीया रोमा (रमा) तिवारी रहेको जनाएको छ। शवको पहिचान मृतकका बुबा नारायण तिवारीले गरेका थिए।

घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोली परिचालन गरिएको थियो। घटनास्थलको अध्ययन, प्राविधिक विश्लेषण तथा सीसीटीभी फुटेजको अनुसन्धानपछि भारतको बिहार राज्य अररिया जिल्ला, ग्राम पंचायत सिरसियाकला थाना भरगामा स्थायी घर भई हाल दमक–५ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डितको संलग्नता रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरीको टोलीले आरोपित राकेशलाई जेठ २१ गते (बिहिबार) राति ११ बजे दमकस्थित डेराबाट पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा मृतकसँग पैसासम्बन्धी विवाद उत्पन्न भई झगडाको क्रममा हत्या गरेको भनि राकेशले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

आरोपितविरुद्ध ज्यान सम्बन्धी कसूर र जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको भनिएको निलो रङको होंडा शाइन मोटरसाइकल, आरोपितले लगाएका कपडा तथा अन्य प्रमाणहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया