काठमाडौं, १८ जेठ २०८३ । प्रहरीले शंकास्पद गतिविधिमा संलग्न १५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ स्थित पकनाजोलमा रहेको एसीई होटलबाट सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा एमडी मजिदुल इस्लाम रेडोय, सफिउल इस्लाम, अपन चन्दा साह, अब्दुल्लाह अल जोबाएरलगायत छन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको कार्यालयका एसपी रामेश्वर कार्कीको भनाइ छ ।
उनीहरू भिजिट भिसामा नेपाल आएर शंकास्पद गतिविधि गरिरहेको सूचना प्रहरीले पाएपछि पक्राउ गरेको हो ।






