काठमाडौं, १५ जेठ २०८३ । सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल घटाएको छ । तयारी मालवस्तुभन्दा कम्तिमा एकतह न्यून हुने व्यवस्था गरेको छ ।
२७३ पदार्थको कच्चा मालवस्तुमा भन्सारदर घटाएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जानकारी दिए ।






