Online Bichar
बिहिबार, जेठ १४, २०८३ | Thursday, May 28, 2026

काठमाडौं, १४ जेठ २०८३ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको लागि आवेदन खुलाएको छ । परराष्ट्रले सात पृष्ठको ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ जारी गर्दे राजदूतको लागि खुला आवेदन माग गरेको हो । राजदूतको लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गतेसम्म तोकिएको छ ।

“मन्त्रालयले विभिन्न देशहरूमा नेपालको राजदूत पदमा नियुक्तिको लागि दक्ष र योग्य नेपाली नागरिकहरूबाट आवेदनहरू माग गर्दछ,” ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपालमा जनाइएको छ ।

नेपालको इतिहासमा पहिलोपटक राजदूत नियुक्तिको लागि खुला दरखास्त आह्वान गरिएको हो । परराष्ट्रले चीन, अमेरिका, भारतलगायत १३ देशमा राजदूत नियुक्ति गर्न आवेदन माग गरेको छ ।

ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपालमा राजदूत हुनको लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ । योग्यतामा राजदूतको लागि आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्षको नेपाली नागरिक हुनुपर्नेछ । नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक उपाधि हासिल गरेको हुनुपर्ने छ ।

यस्तै, सरकारी सेवाबाट बर्खास्त गरिएको वा भविष्यमा सरकारी जागिरको लागि अयोग्य घोषित गरिएको व्यत्तिले आवदेन दिन पाउने छैनन् । विदेशको कुनै पनि स्थायी वा अस्थायी बसोबास अनुमतिपत्र वा अध्यागमन लाभ धारण गरेको व्यक्तिले पनि आवेदन दिन नपाउन उल्लेख छ ।

राजदूतमा हुनुपर्ने न्यूनतम योग्यतामा भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कुनै पनि अपराधको लागि अदालतबाट दोषी ठहरिएको हुनु नहुने उल्लेख छ । नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीयरबहुपक्षीय कूटनीतिमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्तिले मात्र आवेदन दिन पाउनेछन् ।

देश वा पदस्थापना गर्ने संस्थामा गरिने प्रमुख कार्यहरूसँग सम्बन्धित ज्ञान तथा अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदकमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्नेछ र आयोजक देशको आधिकारिक भाषाको ज्ञान भए थप राम्रो हुनेछ ।

प्रस्तावित पदस्थापना भएको देशमा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व वा निहित स्वार्थ हुनहुने जनाइएको छ । अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा वित्त पोषित कुनै पनि गैर–सरकारी संस्थामा हाल कार्यरत हुननहुने उल्लेख गरिएको छ ।

आवदेश उच्च नैतिक चरित्र र नैतिक हैसियत भएको हुनुपर्नेछ । अत्यधिक कठिन परिस्थितिमा काम गर्न सक्ने र नेपाल सरकार वा अन्य अन्तर्राष्ट्रिय निकायहरूद्वारा राखिएको कुनै पनि कालोसूचीमा नभएको हुनुपर्नेछ ।

यदि पहिले कुनै विदेशी राज्यद्वारा तलब पाउने पदमा नियुक्त गरिएको छ भने, त्यो भूमिका छोडेको कम्तीमा १० वर्ष पूरा गरेको हुनुपर्नेछ । कूटनीतिक सम्बन्ध र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र सम्बन्धित अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासहरूको ज्ञान भएकोले मात्र आवेदन दिन भनिएको छ ।

तपाईको प्रतिक्रिया