Online Bichar
शुक्रबार, जेठ १५, २०८३ | Friday, May 29, 2026

झापा, १४ जेठ २०८३ । झापाको बिर्तामोड नगरपालिका–१ वरपिपलमा घरायसी विवादका क्रममा एक पुरुषले आफ्नै श्रीमती र छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।

प्रहरीका अनुसार बिहिबार (आज) बिहान करिब १०ः३० बजे स्थानीय ३६ वर्षीय बुद्धिलाल मुर्मुले घरायसी विषयमा विवाद हुँदा आफ्नी ३५ वर्षीया श्रीमती मला मर्डी र १५ वर्षीया छोरी बिनिता मर्डीमाथि धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

घटनापछि आरोपी बुद्धिलाल फरार रहेका छन् । जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट खुकुरी बरामद गरेको जनाएको छ ।

घाइते आमा–छोरीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुवै जनाको अवस्था मध्यम रहेको जनाएको छ ।

खुकुरी प्रहार गरी फरार रहेका बुद्धिलाल मुर्मुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया