Online Bichar
बिहिबार, जेठ १४, २०८३ | Thursday, May 28, 2026

काठमाडौँ, १३ जेठ २०८३ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार विद्यालय शिक्षामा विद्यार्थीको पहुँचमा सुधार देखिएको छ।

शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने माध्यमिक तहमा यो दर ५१.६ प्रतिशत मात्रै रहेको छ।

देशभर कुल विद्यालयको संख्या ३५ हजार ९ सय ५१ पुगेको छ । जसमा सामुदायिक विद्यालयको हिस्सा ७५.१ प्रतिशत र संस्थागत विद्यालयको हिस्सा २४.९ प्रतिशत छ ।

लैङ्गिक द‌ृष्टिकोणले हेर्दा आधारभूत तहमा लैङ्गिक समता सूचकाङ्क १.०२ छ, जसले छात्रको तुलनामा छात्राको उपस्थिति बढी रहेको संकेत गर्छ।

यद्यपि माध्यमिक तहमा यो सूचकाङ्क ०.९ मा झरेको देखिन्छ । प्रारम्भिक बालविकास क्षेत्रमा पनि प्रगति भएको छ ।

जहाँ कक्षा १ मा भर्ना हुने ७७.५ प्रतिशत बालबालिकाले बालविकास केन्द्रको अनुभव लिएर विद्यालय प्रवेश गर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया