काठमाडौं, १३ जेठ २०८३ । साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक करिब ५ अंकले बढेर बन्द भएको छ। परिसूचक ४.९९ अंकले बढेर २७८२.१० अंकले बढेर २७८२.१० विन्दुमा पुगेको हो।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर बन्द भएको थियो। सो दिन ४ अर्ब ८५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक २७ अंकले बढेको थियो। सो दिन ६ अर्ब बराबरको कारोबार भएको थियो।
यसदिन ३५४ वटा स्क्रिप्सको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १५१ वटा स्टक्सको मूल्य बढ्दा १०५ वटाको घटेको छ। बाँकी १४ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुंगल हाइड्रोको सेयर १३.३७ प्रतिशतले बढ्दा क्रिष्ट माइक्रो फाइनान्सको ८।५२ प्रतिशतले बढ्यो।
७१ करोड मूल्य बराबरको सेयर कारोबार गरी आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। राधी पावरले ४३ करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले ३२ करोड,अपी पावरले २० करोड र नगदी ग्रुपले १५ करोड मूल्य बराबरको कारोबार गरे।
तीन समूहको उपसूचकबाहेक अरु बाँकी समूहले उपसूचक सकारात्मक देखिए। फाइनान्स ,होटल एण्ड टुरिजम र मनु एण्ड प्रो समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिएका हुन्।






