Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

झापा, ११ जेठ २०८३ । झापाको बिर्तामोडमा बेवारिसे अवस्थामा भन्सार छलि ल्याइएका कपडा प्रहरीले बरामद गरेको छ ।सोमबार(आज)दिउँसो करिब २ बजे बिर्तामोड नगरपालिका–८ कटहरबारी स्थित सडक छेउमा भन्सार छलि ल्याइएका कपडा बेवारिसे अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा जाँच गर्दा विभिन्न प्रकारका अवैध कपडाहरू बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो।

बरामद गरिएको सामग्रीमा सेतो सेन्डो भेष्ट, एडिडास हापेन्ट, धारी तथा सादा हापेन्ट, जिन्स पेन्ट, कटन पेन्ट, साडी, बक्सर हापेन्ट, पेन्टी तथा सर्ट गरी विभिन्न किसिमका कपडा रहेका छन्।

बरामद कपडाको कुल अन्दाजी मूल्य करिब रु। २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया