Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

झापा, ११ जेठ २०८३ । झापाको दमकबाट लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । आईतबार (हिँजो) राति करिब १० बजे दमक नगरपालिका–५ मा लागू औषध ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले दमक–५, बिलिभर चर्च नजिक डेरा गरी बस्ने २३ वर्षीय तुलसी माझीलाई उनको कोठाबाट पक्राउ गरेको हो। उनको कोठामा गरिएको खानतलासीका क्रममा प्लाष्टिकमा स–साना पोका बनाई राखिएको अवस्थामा लागू औषध ब्राउन सुगर (प्लाष्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी प्रहरीले नगद रु. ५६,६०० नेपाली रुपैयाँ, १,१०० भारतीय रुपैयाँ तथा दुई थान मोबाइल सेट समेत बरामद गरेको छ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका तुलसी माझीले लागू औषध बिक्री–वितरणमा संलग्न रहेको बताएका आधारमा सोही स्थानका ३० वर्षीय राज माझीलाई समेत प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया