Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

काठमाडौं, ११ जेठ २०८३ । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ। नेप्से उच्च अंकले बढ्दा करिब ६ अर्ब बराबरको कारोबार भएको छ।

यसदिन ३४२ स्क्रिप्सको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ९ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भए।

कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। थ्री स्टार हाइड्रोपावरको सेयर ९.०१ प्रतिशतले बढ्यो। बुंगल हाइड्रोको सेयर १०.३२ प्रतिशतले घट्यो।

कारोबारमा आएकामध्ये २३५ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुअल फण्डबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। म्युचुअल फण्डको सेयर ०.२० प्रतिशतले घट्यो।

 

तपाईको प्रतिक्रिया