Online Bichar
बुधबार, जेठ ०६, २०८३ | Wednesday, May 20, 2026

झापा, ५ जेठ २०८३ । झापाको बिर्तामोड नगरपालिका–५ सयपत्री टोलबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ करिब ५ः३० बजे रत्नकुमारी श्रेष्ठको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा घरधनीका २६ वर्षीय छोरा रोहित श्रेष्ठ र बिर्तामोड–३ बस्ने २६ वर्षीय सुनिल दासलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्लास्टिकबाहेक ६.५ ग्राम अवैध लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया