Online Bichar
बुधबार, जेठ ०६, २०८३ | Wednesday, May 20, 2026

झापा, ५ जेठ २०८३ । झापाको मेचीनगर नगरपालिका–५ शान्ति टोलमा निर्माणाधीन खानेपानी ट्याङ्कीबाट लडेर एक मजदुरको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब १२ः३० बजे ट्याङ्कीमा काम गर्दै आएका ५२ वर्षीय दिननाथ पराजुली सेटरिङको बाँस खोल्ने क्रममा तीन तलामाथिबाट अचानक लडेर गम्भीर घाइते भएका थिए ।

घाइते पराजुलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया