Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

झापा, ३ जेठ २०८३ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल मुनिबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

शनिबार दिउँसो करिब २ः३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल गाउँपालिका–६ त्रिवेणी चोक निवासी १८ वर्षीय विवेक यादवलाई प्रहरीले शंकाका आधारमा जाँच गर्दा लागूऔषध फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले शरीर तलासी लिने क्रममा उनले लगाएको जिन्स पाइन्टको पेंटीभित्र लुकाइछिपाइ राखेको अवस्थामा प्लास्टिकसहित १४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट भिभो कम्पनीको एक थान मोबाइलसमेत बरामद गरेको छ ।

पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया