Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

झापा, ३ जेठ २०८३ । झापाको कमल गाउँपालिका–१ इट्टाभट्टा क्षेत्रस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

शनिबार (हिँजो) साँझ करिब ६ः३० बजे सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को १० प १४८० नम्बरको मोटरसाइकलले पैदलयात्री स्थानीय ७० वर्षीय शंकर प्रसाद ढुङ्गानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको बायाँ खुट्टा र बायाँ कानमा चोट लागेको तथा बोल्न नसक्ने अवस्था रहेको थियो । उनलाई प्रारम्भिक उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा राति ११ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक कमल गाउँपालिका–१ निवासी ३५ वर्षीय लुडो सतारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकलसमेत इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया