Online Bichar
मंगलबार, बैशाख २२, २०८३ | Tuesday, May 5, 2026

काठमाडौं, २२ वैशाख २०८३ । देशका विभिन्न स्थानमा आज तीव्र हावाहुरीको पूर्वानुमान छ । दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस दिन राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

“हावाहुरीबाट जोगिने उपायहरू अपनाउन अनुरोध छ,” विभागले मंगलबार बिहान सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोममा पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ ।

“हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ,” विभागले भनेको छ ।

तपाईको प्रतिक्रिया