Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १७ वैशाख २०८३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन् । राजनीतिक नियुक्तिबाट आएका उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले बिहीबार राजीनामा दिएका हुन् ।

शिक्षाध्यक्ष प्रा. डा. केसीका अनुसार सरकारद्वारा राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई पदमुक्त गर्ने गरी रामचन्द्र पौडेल समक्ष अध्यादेश सिफारिस भएपछि उनीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन् । “राजीनामाको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता गरिसकेका छौँ,” उनले सञ्चारमाध्यमसँग बताएका छन् ।

उनका अनुसार बिहीबार बिहान बसेको छलफलपछि राजीनामाको निर्णय गरिएको हो । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले मार्गप्रशस्त गरिएको उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया