Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

काठमाडौं, १७ वैशाख २०८३ । त्रिभुवन विश्वविद्यालय का उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिने तयारी गरेका छन्।
राजनीतिक नियुक्ति लिएका उपकुलपति दिपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल पद त्याग्ने तयारीमा रहेका हुन्।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने उद्देश्यसहित रामचन्द्र पौडेल समक्ष अध्यादेश सिफारिस गरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ।

“यस विषयमा बिहान छलफल भएको थियो, सरकारलाई मार्ग प्रशस्त होस् भन्ने उद्देश्यले राजीनामाको तयारी गरिएको हो,” स्रोतको भनाइ उद्धृत गरिएको छ। यसैबीच, रजिस्ट्रार रिजाल दोहोरो नागरिकता सम्बन्धी विवादमा समेत मुछिएका थिए।

तपाईको प्रतिक्रिया