Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, १० वैशाख २०८३ । संघीय संसद्को वैशाख १७ गतेका लागि आह्वान गरिएको अधिवेशन स्थगित भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट अधिवेशन स्थगनको निर्णय भएको हो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णय प्राप्त भएपछि अधिवेशन स्थगन गरिएको हो।
यसअघि राष्ट्रपतिले मन्त्रिपरिषद्कै वैशाख ८ गतेको सिफारिसअनुसार वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर, पछिल्लो निर्णयमार्फत सो अधिवेशन स्थगित गरिएको हो। अधिवेशन स्थगित गर्नुको कारण भने हालसम्म सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया