Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, २८ चैत २०८२ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति गठन गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाबाट स्वीकृत भएसँगै समिति गठन भएको हो ।

यो प्रतिनिधिसभाको विषयगत समिति हो । समितिमा रहने २६ सदस्यका नाम प्रतिनिधिसभाबाट मनोनयन गरिएको छ ।

समितिका सदस्यमा अशोककुमार चौधरी, आसिका तामाङ, उत्तमप्रसाद पौडेल, केपी खनाल, कोमल ज्ञवाली, खगेन्द्र कर्ण, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, चन्देश्वर मण्डल र जनकसिंह धामी रहेका छन् ।

त्यस्तै, जोगकुमार बरबरिया यादव, ताहिर अली भाट, पूनमकुमारी अग्रवाल, प्रमोदकुमार महतो, प्रेमबहादुर बयक, बसुमाया तामाङ, माधवबहादुर थापा र राजीव खत्रीलाई पनि सदस्यमा मनोनयन गरिएको छ ।

यसैगरी, लक्ष्मीप्रसाद पोखरेल, शम्भुप्रसाद ढकाल, सन्तोष सुब्बा, समिना मिया, सागर ढकाल, सुजाता तामाङ, सुरेशकुमार चौधरी र ज्ञानेन्द्रसिंह महता पनि समितिका सदस्य रहेका छन् ।

समितिका सभापतिको निर्वाचन आउँदो वैशाख ४ गते हुने गरी मिति निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया